५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबिच भेटघाट



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटघाट भएको छ ।

शुक्रबार बिहान पूर्व राष्ट्रपति भण्डारीको निवासमा भेट भएको डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

करिब एक घण्टा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको उनले बताए । सो क्रममा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताउदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले पनि सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन् ।