७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक

आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला

आफैँ खर्च जुटाएर बाद्यवादन सिक्दै महिला
अ+ अ-

रामपुर । रामपुर नगरपालिका-५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।

शिवकुमारी वाग्लेलाई मादलमा हात कसरी राख्ने भन्ने थाहा थिएन । गाउँघरमा अरुले लय निकालेर मादल बजाएको देख्दा आफूलाई पनि बजाउने रहर लाग्ने गरेको सुनाउँदै उहाँले १० जनाले संयुक्त रूपमा खर्च उठाएर मादल बजाउने सीप सिक्न थालेको जानकारी दिनुभयो । यसले कला, संस्कृतिको संरक्षण हुनुका साथै पुस्तान्तरणमा सहयोग पुग्ने उहाँल्े विश्वास व्यक्त गर्नुभयो ।

“यसअघि सीप सिक्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण थिएन । सानैदेखिको मादल बजाउने रहर अहिले आएर पूरा भएको छ । घरमा अहिले प्रायःजसो मादलका धुन गुञ्जिन्छ । मादल बजाउने कार्यमा एक किसिमको आदत जस्तै बनिसकेको छ”, वाग्लेले भन्नुभयो ।

सङ्गीत एउटा मन भुलाउने माध्यम हो भन्दै छोराछोरी बढ्दै गएपछि आफ्नो पेसामा व्यस्त हुँदा मादल बजाउने सीपले घरमा एक्लोपन हुन नदिएको वाग्लेले धारणा राख्नुभयो । “बाद्यवादन सिकेपछि अहिले घरमा सङ्गीत चलिरहन्छ, यसले मनलाई आनन्द दिनुका साथै समयको सदुपयोग र शरीर फुर्तिलो बन्दै गएको छ”, उहाँले भन्नुभयो ।

मादलबाहेक अन्य बाद्यवादनका सीप पनि सिक्दै जाने योजना रहेको उहाँले बताउनुभयो । बाद्यवादनतिर लाग्न थालेपछि मोबाइलको प्रयोग कम, अनावश्यक रूपमा खर्चिने समयको सदुपयोग र शारीरिक कसरत पनि भइरहेको वाग्लेले बताउनुभयो ।

गाउँमा अरुले थरीथरीका ताल निकालेर मादल बजाएको देख्दा सरिता अर्याल गैरेलाई पनि आफूले त्यसरी नै मादल बजाउने रहर थियो । आफ्नो मनभित्रका रहर अहिले पूरा हुन थालेका उहाँले बताउनुभयो । मादलमा हात राम्ररी चलाउन नजान्ने गैरे अहिले थरीथरीका ताल निकालेर बजाउनु हुन्छ ।

“सङ्गीतमा रुची धेरै छ, गाउँमा सङ्गीत सिक्ने पाठशाला छैन । पहिलेदेखिको रहर अहिले आफ्नै लगानीमा भएपनि सीप सिकेर पूरा गरिएका छौँ, अब मादलबाहेक अन्य बाद्यवादन बजाउने सीप सिकेर एउटा कुशल बाद्यवादक बन्ने अठोट छ, त्यो सपना पूरा गर्ने कोशिसमा छु”, उहाँले भन्नुभयो ।

तीज, विवाह, शुभकार्यमा गाउँघरमा युवा जनशक्ति कम हुँदै जादा मादल बजाउने व्यक्तिको अभावलाई परिपूर्ति गर्नका लागि महिलाहरु मिलेर सामूहिक रूपमा मादल बजाउने सीप सिकेको सीता सिग्देलले बताउनुभयो । मादल तथा प्रशिक्षकको आफँै व्यवस्थापन गरेर करिब एक महिनासम्म मादल बजाउने सीप सिकेपछि अहिले सबैजसो लयमा बजाउन सक्ने भएको उहाँको अनुभव छ ।

सीप सिकेपछि घरमा समय मिलाएर बजाउने र विभिन्न लयमा सिक्ने कार्य भइरहेको तुल्सी रेग्मीले उल्लेख गर्नुभयो । घरमा मादल, हार्मोनियमलगायत विभिन्न थरीका बाद्यवादनका सामग्री रहेका भन्दै एक पटक सीप सिकेपछि विभिन्न लयमा बजाउन समस्या नभएको उहाँको अनुभव छ । उहाँले मादलसँगै हार्मोनियम, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री बजाउने गरिरहनुभएको छ । घरमै बाद्यवादन भएकाले सो सामग्री व्यवस्थापनमा समस्या नभएको उहाँको भनाइ छ ।

रामपुर बेझाड स्थित राधाकृष्ण मन्दिरमा दिउँसोको समयमा यहाँका महिलालाई ऋषि ढकालले प्रशिक्षकका रूपमा सीप सिकाउनुभएको हो । आफूले जानेको सीप सिकाउन पाउँदा उत्साहित भएको उहाँले बताउनुभयो । सुरुमा सिकाउन गाह्रो भए पनि सहभागीले सिक्न थालेपछि सजिलो हुँदै गएको उहाँको अनुभव छ ।

“सुरुमा कसरी सिक्नुहुन्छ होलारु भन्ने लागेको थियो, मादलमा हात राम्ररी राख्न थालेपछि विस्तारै सिक्दै जानुभयो । दश दिन मादलमा हात बसाल्नै समय लाग्यो, त्यसपछि विस्तारै तालमा बजाउने सीप सिकेपछि अहिले एउटा बाद्यवादकले जसरी नै मादल बजाउनु हुन्छ । छोटो समयमा पनि राम्रो सीप सिक्नुभएको छ”, प्रशिक्षक ढकालले भन्नुभयो ।

मादलका लागि सिकारुलाई आठमात्राको ख्याली ९जहाँ आठ प्रकारका ख्याली० बजाउन सिकाइने उहाँले जानकारी दिनुभयो । सहभागीले रत्यौली, पूजाआजा, भजनकीर्तनमा प्रयोग हुने मादलसम्बन्धी सीप हासिल गरेका प्रशिक्षक ढकालले उल्लेख गर्नुभयो ।

सानै उमेरदेखि बाद्यवादनमा लाग्नुभएका ढकालले ‘भित्रदेखि सिक्छु’ भनेर लागियो भने सङ्गीत सिकाइ पूरा हुने आफ्नो अनुभव सुनाउनुभयो । उहाँ भजनकीर्तन, पूजाआजा, शुभकार्य, विभिन्न कार्यक्रमलगायत विभिन्न कार्यमा सहभागी भएर बाद्यवादकको काम गर्दै आउनुभएको छ ।

यहाँका महिलाले रत्यौलीमा प्रयोग हुने ख्याम्टा, झ्यारे भाकाको ताल, झ्याउरे भाकालगायत सीप सिकेका छन् । पहिला बाद्यवादन क्षेत्रमा पुरुषकै वर्चश्व हुन्थ्यो । अहिले युवा जनशक्ति गाउँमा बसोबास नगर्दा पुरुष बाद्यवादक पनि कम हुँदै जान थालेको अवस्थामा रत्यौली, पूजाआजा, भजनकीर्तनलगायत विभिन्न कार्यक्रममा महिलाले बाद्यवादकको काम गर्न थालेपछि संस्कृति संरक्षणका साथै पुस्तान्तरण भइरहेको स्थानीय बताउँछन् ।

बाद्यवादनमा रुची भएका महिलालाई लक्षित गरेर सीप विकासको तालिम दिएमा कुशल बाद्यवादक उत्पादन हुने प्रशिक्षक ढकालले बताउनुभयो । “बाद्यवादन एउटा मानव मन भुलाउने माध्यम हो । यसले सबैको मनलाई छोएको हुन्छ । त्यसकारण तल्लो तहदेखि सीप विकास गर्नका लागि यस्ता खालका कार्यक्रममा सम्वद्ध निकायले जोड दिनुपर्दछ”, उहाँले भन्नुभयो । रासस