७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला
अ+ अ-

कैलाली । छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।

विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन् । जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन् । ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुमा तीन लिटर दूधबाट बिक्री सुरु गरिएको थियो । हाल प्रतिलिटर रु ९० का दरले मासिक रु ८६ हजार ४०० आम्दानी भइरहेको छ ।

“केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ । यसबाट मासिक रु ३० हजार आम्दानी हुन्छ । गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ”, गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ ।

गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवासमितिले पाँच जना कर्मचारी राखेको छ । गौशालाबाट भएको आम्दानीबाट मासिक रुपमा रु ७५ हजार ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ । यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ ।

गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ । पर्याप्त पोषणयुक्त आहारा पु¥याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्घि गरी आम्दानी बढाउन सकिने व्यवस्थान समूहले जनाएको छ । “सामुदायिक गौशाला भएकाले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन”, अवस्थीले भन्नुभयो, “कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन । त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ ।” रासस