काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा स्थान बनाएको छ ।
स्पेनी महारथी रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।
पिएसजीका लागि फाबियन रुइसले २ गोल गरे भने ओस्मान डेम्बेले र गोनसालो रामोसले १-१ गोल गरे ।
पिएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग फाइनल खेल्नेछ ।










