२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई ४-० ले हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा स्थान बनाएको छ ।

स्पेनी महारथी रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।

पिएसजीका लागि फाबियन रुइसले २ गोल गरे भने ओस्मान डेम्बेले र गोनसालो रामोसले १-१ गोल गरे ।

पिएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग फाइनल खेल्नेछ ।