४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नक्शासम्बन्धी प्रमाण खोज्ने कुराले गम्भीर प्रश्न उब्जायो

नक्शासम्बन्धी प्रमाण खोज्ने कुराले गम्भीर प्रश्न उब्जायो
अ+ अ-

रतन भण्डारी

नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि सरकारले द्वन्द्वविद विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । नेपाल सरकारले प्रमाणकै आधारमा लिम्पियाधुरासमेटेर नक्शा जारी गरेको हो, जुन नक्शा सम्बन्धी संविधान संशोधन विधेयक यतिबेला संसदमा विचाराधीन छ । तर नक्शा जारी भइसकेपछि नक्शासम्बन्धी प्रमाण खोज्ने कुराले गम्भीर प्रश्न उब्जाएको छ । जबकि यो समिति सरकारलाई सघाउने भनेर गठन हुनुपथ्र्यो, तर नक्शा सम्बन्धी प्रमाण संकलन गर्ने भनेसँगै समितिमाथि विभिन्न कोणबाट प्रश्न उठेका छन् ।

समितिका कमजोरीबारे प्रश्न उठाउँदा कतिपयले मलाई समितिमा नपरेको कुण्ठा पोख्यो भनेर टिप्पणी गरेका छन् । तर माफ गर्नुहोला मेरो प्रश्न समितिको नीतिगत कुरामा मात्रै हो । सरकारलाई सघाउने गरी बन्ने यस्ता समितिमा पर्नुपर्ने म भन्दा थुप्रै सिनियर व्यक्तिहरु छन् । मभन्दा पहिले देखि कालापानी अतिक्रमणबारे बोल्दै लेख्दै आएका छन् । समितिमा सत्तारुढ दलले आफ्नै कार्यकर्ता हाले हुन्छ, तर यस क्षेत्रमा काम गरेका व्यक्तिहरु ।

समितिमा लिम्पियाधुराको लू थाहा नभएका अनुहार देखा परेका छन् । जबकि सत्तारुद्ध दल भित्रै यस विषयमा बिगतदेखि लड्नै भिड्दै आएका व्यक्तिहरु पनि छन् । तीमध्ये सत्तारुढ पार्टी निकट दार्चुलाका नेता बीरबहादुर ठगुन्ना एक हुन ।

ठगुन्नाले २०४९ सालमै कालापानी पुगेर स्थलगत अध्ययन गरी तत्कालीन नेकपा एमाले महासचिव मदनकुमार भण्डारीलाई प्रतिवेदन बुझाएका थिए । तर ठगुन्नासमेत यो समितिमा परेनन् । २०५५ सालमा ऋषिराज लुम्साली, स्व. प्रेमसिंह धामीकी धर्मपत्नी नन्दा धामी सहितको तत्कालीन नेकपा मालेको टोलीले कंचनपुरदेखि कालापानीसम्म पैदल मार्च गरेको थियो । सीमा प्रशासन शाखा सीतापुल छाँगरु, दार्चुलामा २०३४ देखि २०४४ सालसम्म छाँगुरु सीतापुलमै बसेर काम गरेर सेवा निवृत्त भएका र लिम्पियाधुरा अतिक्रमणबाट नजीकबाट जानकार दार्चुलाका भवानसिंह ठगुन्ना छन् । समितिमा भवानसिंह ठगुन्ना, लुम्साली, नन्दा धामीको नाम पनि अटाएन । समितिमा दार्चुलाबाटै कुनै व्यक्तिलाई पारिएन ।

यस कालापानी र कालीको मुहान नामक पुस्तक २०५६ सालमै लेखेका हिरण्यलाल श्रेष्ठ समेत समितिमा परेनन् । त्रिभुवन विश्वविद्यालयको अन्तराष्टिय सम्बन्ध विभाग, भूगोल विभाग र इतिहास विभागले यस विषयमा सोधखोज र अनुसन्धान गर्दैआएको छ । अझ त्रिवि भूगोल विभागका प्रतिनिधि त नापी विभागको नक्शा शाखाको सदस्य नै रहने व्यवस्था छ । तर ती कुनै पनि विभागका प्राज्ञिक व्यक्तित्व समितिमा परेनन् । समितिमा यो विषयमा कामै नगरेका व्यक्तिहरु देखा परेका छन् ।

समितिका सदस्यहरुमा स्वतन्त्र व्यक्ति भन्दा पनि पार्टी निकटका व्यक्तिहरु परेका छन् । सरकारले प्रमाण संकलनका नाममा  राज्यको व्ययभार बढ्ने गरी नौँ सदस्यीय समिति बनाउनु जरुरी नै थिएन । कानून, भूगोल, नक्शा, इतिहास, जलविज्ञान, परराष्ट मन्त्रालयको एकएक जना प्रतिनिधि रहने गरी बढीमा सात जनाको समिति बने पुग्ने हो । विषयवस्तु प्रति अनभिज्ञ होइन हिरण्यलाल श्रेष्ठ, ऋषिराज लुम्साली, वीरबहादुर ठगुन्ना, भवानसिंह ठगुन्नाहरु जस्ता जानकार व्यक्तिहरु समितिमा समेटनु पर्ने हो । लण्डनस्थित ब्रिटिश लाइब्रेरीबाट सामग्री संकलन गर्ने जिम्मा परराष्ट मन्त्रालयले बेलायतस्थित नेपाली दूताबासलाई दिए हुने हो । यस्ता समितिहरु सीमा व्यवस्थापनका लागि बनुन, कार्यकर्ता व्यवस्थापनका लागि होइन ।

लेखक : भण्डारी सीमा अभियन्ता हुनुहुन्छ ।