८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

आगामी आवको मौद्रिक नीतिबारे योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल

आगामी आवको मौद्रिक नीतिबारे योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल
अ+ अ-

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ ।

आज आयोगमा भएको छलफलका क्रममा बजेटसँग समन्वय हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीबारे कुराकारी भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा लैजानुपर्ने एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ ।

“छलफलका क्रममा उपाध्यक्ष अधिकारीले विद्यमान आर्थिक मोडल र कार्यशैलीका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभयो । यस्तै, दशकौँसम्म निर्माण सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनालाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ”, सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ । लक्षित आर्थिक वृद्धि हासिल गर्न प्रत्यक्ष आन्तरिक लगानी बढाउनुपर्नेमा पनि उपाध्यक्ष अधिकारीको जोड थियो ।

छलफलका क्रममा गभर्नर पौडेलले हाल अनुत्पादक क्षेत्रमा ठूलो आकारमा कर्जा लगानी भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । यस्तै, नेपाल सम्पत्ति शुद्धीकरण मामलामा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकामा चिन्ता व्यक्त गर्दै उहाँले उक्त सूचीबाट चाँडो बाहिर निस्कन राष्ट्र बैंकले आफ्नो क्षेत्रबाट गर्नुपर्ने सबै प्रयास गरिरहेको बताउनुभएको थियो ।

छलफलका क्रममा हाल लघुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने, कृषि क्षेत्रमा सहज रूपमा सहुलियत कर्जा प्रवाह हुनुपर्नेलगायत विषय उठेका थिए ।

यस्तै, बैंक तथा वित्तीय क्षेत्रका शाखाहरू सहरी क्षेत्रमा निकै बढी भए पनि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अझै कमजोर रहेको, बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढेको, ब्याजदर घट्दा पनि अपेक्षाअनुसार कर्जा लगानी हुन नसकेकाजस्ता समस्या समाधान गर्नेगरी आगामी आवको मौद्रिक नीति ल्याइनुपर्ने आवश्यकता औँल्याइएको थियो । रासस