५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन १ टेस्टमा ४३० रन बनाउने पहिलो भारतीय



अ+ अ-

काठमाडौँ । बर्मिङ्घम टेस्ट जित्न भारतले इङ्ल्यान्डलाई ६०८ रनको लक्ष्य दिएको थियो । शनिबार खेलको चौथो दिन भारतका तर्फबाट शुभमन गिलले १६१ रन बनाए ।

उनले पहिलो इनिङमा २६९ रन बनाए, योसँगै उनी टेस्टमा ४०० भन्दा बढी रन बनाउने पहिलो भारतीय बने ।

भारतले टेस्टको दुवै इनिङमा १०१४ रन बनायो । टेस्ट इतिहासमा पहिलो पटक भारतले एक खेलमा १००० रनको आँकडा पार गर्यो ।

पहिलो इनिङमा २६९ रन बनाएपछि शुभमन गिलले दोस्रो इनिङमा १६१ रन बनाए । उनले टेस्टमा ४३० रन बनाए । यो भारतीय कप्तानले बनाएको टेस्टमा सबैभन्दा धेरै रन हो । गिलले २०१७ मा श्रीलंका विरुद्धको खेलमा २९३ रन बनाएका विराट कोहलीको रेकर्ड तोडे ।

यस्तै, गिल भारतको लागि टेस्टमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनले सुनील गावस्करको रेकर्ड तोडे, जसले १९७१ मा वेस्ट इन्डिज विरुद्ध ३४४ रन बनाएका थिए । गावस्करले पहिलो इनिङमा शतक र दोस्रो इनिङमा दोहोरो शतक बनाएका थिए ।

गिल एक इनिङमा शतक र अर्को इनिङमा दोहोरो शतक बनाउने दोस्रो भारतीय खेलाडी बने ।

साथै, गिल टेस्टमा सबैभन्दा धेरै रन बनाउने रेकर्डबाट केवल २७ रन टाढा रहे । टेस्टमा सबैभन्दा धेरै रनको रेकर्ड इङ्गल्याण्डका ग्राहम गुचको नाममा छ । उनले १९९० मा भारत विरुद्ध ४५६ रन बनाएका थिए । शुभमन टेस्टमा ४०० भन्दा बढी रन बनाउने विश्वका पाँचौं खेलाडी बने ।