२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन १ टेस्टमा ४३० रन बनाउने पहिलो भारतीय



अ+ अ-

काठमाडौँ । बर्मिङ्घम टेस्ट जित्न भारतले इङ्ल्यान्डलाई ६०८ रनको लक्ष्य दिएको थियो । शनिबार खेलको चौथो दिन भारतका तर्फबाट शुभमन गिलले १६१ रन बनाए ।

उनले पहिलो इनिङमा २६९ रन बनाए, योसँगै उनी टेस्टमा ४०० भन्दा बढी रन बनाउने पहिलो भारतीय बने ।

भारतले टेस्टको दुवै इनिङमा १०१४ रन बनायो । टेस्ट इतिहासमा पहिलो पटक भारतले एक खेलमा १००० रनको आँकडा पार गर्यो ।

पहिलो इनिङमा २६९ रन बनाएपछि शुभमन गिलले दोस्रो इनिङमा १६१ रन बनाए । उनले टेस्टमा ४३० रन बनाए । यो भारतीय कप्तानले बनाएको टेस्टमा सबैभन्दा धेरै रन हो । गिलले २०१७ मा श्रीलंका विरुद्धको खेलमा २९३ रन बनाएका विराट कोहलीको रेकर्ड तोडे ।

यस्तै, गिल भारतको लागि टेस्टमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनले सुनील गावस्करको रेकर्ड तोडे, जसले १९७१ मा वेस्ट इन्डिज विरुद्ध ३४४ रन बनाएका थिए । गावस्करले पहिलो इनिङमा शतक र दोस्रो इनिङमा दोहोरो शतक बनाएका थिए ।

गिल एक इनिङमा शतक र अर्को इनिङमा दोहोरो शतक बनाउने दोस्रो भारतीय खेलाडी बने ।

साथै, गिल टेस्टमा सबैभन्दा धेरै रन बनाउने रेकर्डबाट केवल २७ रन टाढा रहे । टेस्टमा सबैभन्दा धेरै रनको रेकर्ड इङ्गल्याण्डका ग्राहम गुचको नाममा छ । उनले १९९० मा भारत विरुद्ध ४५६ रन बनाएका थिए । शुभमन टेस्टमा ४०० भन्दा बढी रन बनाउने विश्वका पाँचौं खेलाडी बने ।