२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्य अजयबाबुले भने, केन्द्रीय समिति बैठक भ्रष्टाचारका आरोपितले विषवमन गर्ने थलो नबनोस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समिति बैठक भ्रष्टाचारका आरोपितले विषवमन गर्ने थलो बनाउन नहुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका हुन् । उनले भ्रष्टाचारका आरोपितले पार्टीको भूमिकाबाट अलग हुनुपर्ने समेत बताए ।

पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै उनले भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकामा रहेर ठूला कुरा गर्न नसुहाउने बताए । पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर तथ्यहीन बोलेको उनको आरोप थियो ।

बैठकमा उनले भने– ‘प्रधानमन्त्री र स्वयम् पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौं ? ।’ उनले अगाडि भने– ‘कांग्रेसमा मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन ?’

केन्द्रीय सदस्य सिवाकोटी महामन्त्री गगन थापा निकट हुन् । बुधबारको बैठकमा पूर्वमन्त्री बस्नेतले महामन्त्री गगन थापाविरुद्ध आक्रामक टिप्पणी गरेका थिए । उनले आफूलाई अख्तियारले मुद्दा चलाउनमा महामन्त्री थापाको पनि भूमिका रहेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।