२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो
अ अ+ अ-

कास्की। पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ ।

नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ ।

हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार यसअघि भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएकामा पहिलोपटक यस डिपो निर्माणमा निगमको आफ्नै लगानी रहेको छ ।

पोखरामा आन्तरिक र अन्तरराष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह (कूल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क) निर्माण गरिएको हो । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको निगमले जनाएको छ ।

“स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको र्होन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट बनाउन सक्षम भएका छौँ”, आयोजना प्रमुख यादवले भन्नुभयो ।

आयोजना प्रमुख यादवले तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सो डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ७५ करोड खर्च भएको छ । विसं २०८० साउन १ गते निर्माण कार्यको शिलान्यास गरिएको थियो । सो डिपोेबाट आगामी साउन दोस्रो साताबाट इन्धन भर्न सुरु हुन्छ ।

डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताउनुभयो ।

“हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्कसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ”, पराजुलीले भन्नुभयो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको जनाएको छ । रासस