५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर, सर्वोच्चबाट रिट खारेज (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज गर्दै उनीहरूको पद सदर गर्ने निर्णय सुनाएको छ।

बहुमतको आधारमा भएको यो फैसलासँगै साढे चार वर्षदेखि विचाराधीन रहेको विवाद टुंगिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले बुधबार मध्यरातमा फैसला सुनाउँदै रिट खारेज गर्‍यो।

२०७७ माघ २१ र ३२ गते तथा २०७८ असार १० गते संविधान संशोधनमार्फत अध्यादेश जारी गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगहरूमा ५२ जनालाई नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा लगायतले १५ वटा रिट दायर गरेका थिए।

सर्वोच्चले यो मुद्दामा लामो समय लगाएर बहस गरेपछि जेठ १ मा सुनुवाइ सकिएको थियो भने जेठ २८ मा फैसला सुनाउने भनिएको थियो। तर न्यायाधीशबीच मतभेदका कारण बुधबार (असार १८) का लागि फैसला सारिएको थियो।

अब रिट खारेज भएपछि ती पदाधिकारीहरूको नियुक्ति वैधानिक ठहरिएको छ।