२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर, सर्वोच्चबाट रिट खारेज (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज गर्दै उनीहरूको पद सदर गर्ने निर्णय सुनाएको छ।

बहुमतको आधारमा भएको यो फैसलासँगै साढे चार वर्षदेखि विचाराधीन रहेको विवाद टुंगिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले बुधबार मध्यरातमा फैसला सुनाउँदै रिट खारेज गर्‍यो।

२०७७ माघ २१ र ३२ गते तथा २०७८ असार १० गते संविधान संशोधनमार्फत अध्यादेश जारी गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगहरूमा ५२ जनालाई नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा लगायतले १५ वटा रिट दायर गरेका थिए।

सर्वोच्चले यो मुद्दामा लामो समय लगाएर बहस गरेपछि जेठ १ मा सुनुवाइ सकिएको थियो भने जेठ २८ मा फैसला सुनाउने भनिएको थियो। तर न्यायाधीशबीच मतभेदका कारण बुधबार (असार १८) का लागि फैसला सारिएको थियो।

अब रिट खारेज भएपछि ती पदाधिकारीहरूको नियुक्ति वैधानिक ठहरिएको छ।

[3d-flip-book id=”350895″ ][/3d-flip-book]