९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्द्र असार



अ+ अ-

झ्यालबाहिर झमझम झरिरहेथ्यो झरि
आकाशको आँखाबाट असार
त्यसरी नै नरोकिइ खस्दैथियो
जसरी बाक्लो बादल बर्षाउँदै थियो 
मनभित्र पानी दरङरङ गरेर
कहिल्यै नरोकिएला झैं ।

रहर थियो बाहिर गएर रुझुँ,
पखालुँ मायाको मयल मजाले माडेर
भित्रै भिजिसकेपछि भनें, भैगो
अब क्लोथलाइनमा टाँगुला अतीतलाई, 
अनि पट्याएर राखुँला यादहरु 
उपहारका रुमालसंगै ।

बाहिर ओतमा चरा जोडी ठुङ्गाठुङ्ग गर्दै थिए ।
गुडलक, उनी सँधै भन्थिन जोडी चरा देखेर
भित्र म स्मृतीबाट आफै अलग्गिन खोज्दै थिएँ 
नसक्नु, के यो गुडलक थियो ?

उर्वर बन्दै छन् खेतका गह्रा सिंचिदै,
संवेदनाका अवशेष संगालेर मन बाँझो हुँदैछ 
बिस्तारै, बिश्वासको रजोनिवृत्तिसंगै ।
मथिङ्गलको बेचैनी र वर्षाको सङ्गीत बीच 
एक्लो म छु, रातलाई मेरो अनिंद्रा छ ।
असार अनौठोसित आर्द्र छ ।