११ श्रावण २०८३, सोमबार
,
Latest
यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरुमा अनुशासन भएनः काँग्रेस



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताउनु भयो । सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने बताउनु भयो । गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताउनु भयो । संसदमा रहेका र पार्टीका नेताहरुमा अनुशासन नभएको कुरा केन्द्रिय समितिको बैठकमा आएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरुले बुझ्नुभएको छ । यद्यपि कतिपय साथीहरुको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन । संसदमा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’

आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको उहाँको भनाइ छ ।