२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिले पठाएको प्रतिवेदन नै संसदले पास गरेको हो– सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताउनुभएको हो । मंगलवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन सबै सांसदहरुको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताउनु भयो ।

समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिनुभयो । संघिय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राखेर विधेयक अगाडी बढाउने सहमति भएपनि प्रतिनिधि सभामा प्रतिवेदनसहित पास भएर राष्ट्रिय सभामा गएको विधेयकमा कुलिङ अफ पिरियड नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए के निष्कर्ष वा सहमति जुटेको थियो त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताउनु भयो ।

विषयलाई गम्भीरताकासाथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका सचिवालयलाई निर्देशन दिएको पनि बताउनु भयो । विधेयक राष्ट्रिय सभामा पुगेको र सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको बताउनु भयो । बहसमा सभामुखले सच्याउन सक्ने भन्ने कोणबाट कुराहरु आएपनि अनुसांगिक मिलाउने बाहेक विधेयक भित्र चलाउने अधिकार आफूलाई नभएको स्पष्ट पार्नु भयो ।

राष्ट्रिय सभाले विधेयकमा आवश्यक संशोधनपछि पुनः प्रतिनिधि सभामा सभामा फर्के पछि थप मिलाउने कुरा प्रतिनिधि सभाको बैठकले गर्ने विश्वाश व्यक्त गर्नुभयो । संसदमा दर्ता भएर संसदको बैठकले समितिमा छलफलको लागि पठाउने सबै विधेयकको छलफल, निष्कर्ष र जवाफदेहिता समिति र समिति सदस्यको हुने भएकोले त्यसको स्तरीयतामा पनि प्रश्न उठेको बताउनु भयो ।

समितिमा कस्ता छलफल हुन्छन् र त्यसको स्तर कस्तो छ भनेर हेर्न यो कुलिंग अफ पिरियड सम्बन्धिको सांसदको प्रतिक्रियाले देखाएको बताउनु भयो । प्रतिनिधि सभाको बैठकमा असार १ गते कार्यसूचीमा रहेको विधेयक धेरै पछि पास भएर राष्ट्रिय सभामा पुगे पछि मात्र सांसदहरुले थाहापाउने कुराले हाम्रो छलफल र सांसदको प्राथमिकता कस्तो रहेको छ भन्ने स्पस्ट भएको बताउनु भयो ।