८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि हुँदैनः कर्ण बुढा



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन् ।

नेपाल विद्यार्थी संघद्वारा शनिबार अनामनगरमा आयोजित ‘कर्णालीदेखि काठमाडौंसम्म युवाको आवाज’ नामक कार्यक्रममा प्रमुख अतिथि रहेका बुढाले कर्णालीमा विकासका लागि प्रचुर सम्भावना रहेको बताए । यहाँ भएका हिमाल, जडिबुटी, गुफा, गुम्बा, मठ्मन्दिर, नदि, तालतलैया जस्ता सम्पदामा लगानी गरेर राज्यले ठुलो फाइदा लिन सक्ने उनको भनाइ छ ।

नेता बुढाले कर्णालीको विकासका लागि सबै एकजुट हुनुपर्ने जिकिर गरे ।

अहिले काङ्ग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको र यस्ता समुहलाई परास्त गरेर अघि बढ्न सकेमा मात्र विकास र समृद्धि सम्भव हुने उनले स्पष्ट पारे ।

यस्तै कार्यक्रमका संयोजक रहेका नेविसंघका केन्द्रीय सदस्य कविराज शाहीले विकासका अथाह सम्भावना भएको कर्णालीमा सरकारले ध्यान नदिएको बताए । यस कार्यक्रममार्फत आफूहरुले कर्णालीतर्फ सरकारको ध्यानकेन्द्रित गराउने जमर्को गरेको शाहीको भनाइ छ ।

उनले यो कार्यक्रम सुरुवात मात्रै भएको र आगामी दिनमा यस्ता गतिविधिहरुलाई निरन्तरता दिंदैजाने स्पष्ट पारे । साथै कर्णालीको विकासका लागि सरोकारवाला सबै निकायको ढोका ढक्ढक्याउने शाहीको भनाइ छ ।

इ.सन्तोष आचार्यले संचालन गरेको कार्यक्रममा गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघबाट निर्वाचित भएका कर्णालीका युवा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य कृष्ण रिजाल, नेविसंघ केन्द्रीय सदस्य तथा विधान समिति संयोजक एन पि आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानका पुर्व रजिस्ट्रार इ. विश्वराज काफ्ले, युवा नेता इ. नवराज त्रिपाठी र कर्णालीका स्थानीयहरु लगायतको उपस्थिति थियो ।