११ श्रावण २०८३, सोमबार
,
Latest
यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई कसैले फुटाउन सक्दैन, पार्टीबाट त्यत्रो लाभ लिएकाहरु पार्टी फुटाउन लागेः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रक्तबीज झैँ भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमाले रक्तबीज झैँ भएकाले एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छेहरु एमालेमा जन्मिने बताउनु भयो । एमालेलाई फुटाउन कसैले खोजे त्यो सम्भव नरहेको चेतावनी दिनुभयो । एमालेले जबज जपेर बस्ने नभइ कार्यान्वयन गरिरहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पार्टीले दिएको सुविधाहरु लिएर पार्टी फुटाउन लागेको बताउनु भयो । पार्टीकै सुविधा लिएर पार्टी फुटाउन लाग्नेहरुलाई लाज हुनुपर्दैन ? उहाँको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा एमालेले सबै गलत प्रवृत्तिहरुलाई चिन्ने, तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने काम गर्दछ । त्यो सामथ्र्य नेकपा एमालेमा छ । यो रक्तबीज जस्तो छ । रक्तबीज एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यति धेरै रक्तबीजहरु जन्मिन्थे । यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछु भन्ने पनि कसैले सोच्यो भने सम्भव छैन । किनभने ठूलाठूला महारथीहरु, फुटाउनेहरु देखिए, ति सबै असफल भए । जननेता मदन भण्डारीले अघि सार्नुभएका विचारहरुको कार्यान्वयनको तीन दशक हो । हामी जबज जपेर बसेका छैनौँ, कार्यान्वयन गरेर बसेका छौँ । त्यसको विकास गरेर बसेका छाँै । त्यत्रो लाभ सुविधा लिएका मानिसहरु पार्टी सिध्याउन लागे, शर्म हुनु पर्दैन ? त्यही पार्टीले के के बनायो, त्यही पार्टी सिध्याउन लाग्ने, लाज हुनुपर्दैन तिनलाई ?’

प्रधानमन्त्री ओलीले नेकपा एमाले भकिम्लाको काठ जस्तो कमजोर नभएको बताउनु भयो ।