काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
रास्वपाले सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।











