२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रश्ताव शिक्षा समितिबाट पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रश्ताव पारित गरेको छ ।

बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४ पारित भएको घोषणा गर्नुभयो । समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रश्ताव पेश गर्नुभएको थियो ।

समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।