११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको मियामी बराबरीमा रोकियो, अन्तिम–१६ मा पिएजसीसँग भिड्ने



अ+ अ-

काठमाडौँ । अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ को खेलमा इन्टर मियामी र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् ।

पिएसजी समूह बी को विजेता बन्दा इन्टर मायमी समूह ए को उपविजेता बनेसँगै यी दुई टोली अन्तिम १६ मा आमनेसामने हुने पक्का भएको हो ।

मियामीका कप्तान लियोनल मेसीले आफ्नो पूर्व क्लब पिएसजीको सामना गर्ने भएका छन् ।

समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रह्यो । मियामी र पाल्मेइरासको खेल २–२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले पनि ४–४ को रोमान्चक बराबरी खेले ।

मियमीले खेलमा २–० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह विजेता बन्ने अवसर गुमायो । पहिलो हाफमा तादेओ आलेन्डेको गोलमा उसले अग्रता लिएको थियो । उनले १६ औं मिनेटमा स्वारेजले छुटाएको काउन्टर अट्याकमा गोल गरेका थिए ।

यस्तै, ६५ औं मिनेटमा स्वारेजले गोल गर्दै मियामीको अग्रता दोब्बर पारे । तर, पाल्मेइरासले अन्तिम १० मिनेटमा २ गोल फर्कायो । ८० औं मिनेटमा पाउलिन्होले र त्यसको ८ मिनेटपछि माउरिसियोले गोल गर्दै टोलिको हार टारे ।

पाल्मेइरास र मायमीको समान ५–५ अंक रहेपनि गोलअन्तरमा पाल्मेइरास शीर्षस्थानमा रह्यो । पोर्टो र अल अहलीले २–२ अंक जोडे ।