५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिन अझै १६ वर्षसम्म राष्ट्रपति रहन पाउने



अ+ अ-

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म राष्ट्रपति रहन पाउने गरी जनमत आएको छ। बिहीबार सार्वजनिक नतिजा अनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहन पाउनेछन् । पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको समाचार एचेन्सीले जनाएको छ ।

ताजा नतिजा अनुसार रुसको संविधानमा केही संशोधन भएको छ। मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ। प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ। राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो।

तर, संविधानको नयाँ व्यवस्थाले थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल सन् २०३६ सम्म सुनिश्चित भएको हो। ६७ वर्षीय पुटिनले रुसमा दुई दशकदेखि शासन गर्दै आएका छन्।