११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त छः सचिव घिमिरे

आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त छः सचिव घिमिरे
अ अ+ अ-

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आयोडिन नुनको आपूर्ति व्यवस्था पर्याप्त र गुणस्तरयुक्त रहेको बताउनुभएको छ ।

बिहीवार (आज) ‘नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणकाबारे प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उहाँले आयोडिन नुन अहिले साल्ट टे«डिङबाट प्रभावकारी रुपमै आपूर्ति भइरहेको बताउनुभएको हो ।

घिमिरेकाअनुसार विगत ४० वर्षदेखि साल्ट टे«डिङ कर्पोरेसनले आयोडिन नुन गाउँ गाउँसम्म सहज, सुलभ रुपमा पु¥याइरहेको छ । आयोडिनयुक्त नुन उत्पादन तथा विक्री वितरण ऐन, २०५५  राजपत्रमा प्रकाशित भएपछि अहिले निजी क्षेत्रलाई समेत बाटो खुलाउन खोजेपछि यसबारे प्रश्न उठिरहे पनि नुनको कारोबार खुला छाडिदिदाँ गुणस्तरीयतामा कमी, मूल्यमा एकरुपता नहुने, सुलभ र सहज आपूर्ति नहुने हो की ? भन्ने भय रहेको उहाँले बताउनु भयो । उहाँले नुनको जिम्मा अहिले नै ऐनलाई टेकेर निजी क्षेत्रलाई दिने कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो ।

सचिव घिमिरेले भन्नुभयो– ‘सार्वजनिक संसदले बनाएको कानूनमाथि हामीले प्रश्न उठाउन मिल्दैन । त्यो अधिकार पनि छैन । त्यो हामीले गर्न पनि गर्दैनौं । तरपनि जसरी सार्वजनिक सरोकारका रुपमा यो विषय आएको छ । त्यसको सहजिकरण गर्ने दायित्व हाम्रो रहन्छ । सर्वोच्च अदालतबाट पनि निर्देशन भइसकेको छ । साविकमा अहिले जे जसरी नुन वितरण भइरहेको छ, त्यो राम्रो छ भनेर उसले भनिरहेको छ । यसैलाई नै निरन्तरता दिनु भनेर निर्देशनात्मक आदेश उसले दिएको अवस्था छ । सर्वोच्चको आदेश परिपालन गर्नु सरकारको दायित्व पनि हो । ऐन राजपत्रमा आइसकेपछि एक भन्दा बढी व्यक्तिले पनि आपूर्ति गर्न स्वीकृति लिएर सक्ने राखिएको रहेछ । व्यक्तिलाई आपूर्तिको जिम्मा दिदाँ नुनमा कालोबजारी, अभाव हुने खतरा रहन्छ ।’

समितिको बैठकमा साल्ट टेड्रिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले दिएको नुन आपूर्तिको जिम्मेवारी प्रभावकारी रुपमा गरिरहेको बताउनु भयो । विगतमा अनियन्त्रित रुपमा भइरहेको नुनको कारोबारमा देखिएको कृत्रिम अभाव, अवाञ्छित मूल्यवृद्धि, गुणस्तरहीन नुनको विक्री वितरणलाई हटाइ गुणस्तरयुक्त नुनको आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न साल्ट टे«डिङ सफल हुँदै आएको श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार दुर्गम जिल्लमा प्रतिकेजी ९ रुपैयाँमा साल्ट टे«डिङले नुन बेचिरहेको छ । सरकारले ढुवानी अनुदान दिएका कारण नुनको भाउ सस्तो हुन गएको हो । यसका अलवा देशभर नुनको सहज तथा सुलभ रुपमा साल्ट टे«डङले विक्री वितरण गर्दै आएको छ । नुनबाहेक रासायनिक मल, दाल, चामल, ग्यास जस्ता अत्यावश्यक वस्तुहरु आफ्ना डिपो, विक्रीकेन्द्रमार्फत साल्ट टेड्रिङले विक्री गर्दै आएको, निजी क्षेत्रमा हुने अस्वस्थ्य प्रतिष्पर्धालाई रोक्न साल्ट टे«डिङले महत्वपूर्ण हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । उहाँकाअनुसार भूकम्प, कोरोनामा पनि दुर्गम जिल्ला समय नुनको आपूर्ति सहज बनाउन साल्ट टे«डिङ प्रभावकारी रुपमा लागेको छ । जसकारण अभाव हुन पाएको छैन । हरेक वर्ष सतप्रतिशत नुन ढुवानी गर्न आफूहरु सफल भएको उहाँको भनाइ छ ।

प्रमुख कार्यकारी अधिृकत श्रेष्ठले भन्नुभयो–‘नुनका लागि ४÷५ दिन र काठमाडौंमा पनि २÷३ दिन सम्म लाइन बस्नुपथ्र्यो । त्यो हटाउन साल्ट टे«डिङले महत्वपूर्ण भुमिका निर्वाह गरियो । हाम्रो उद्देश्यअनुरुप नेपालभर आयोडिनयुक्त नुन पु¥याउने रहेअनुसार जिम्मेवारी पूरा गरेका छौं ।’

समितिको बैठकमा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नुन विक्री वितरण प्रभावकारी रुपमा साल्ट टे«डिङ कर्पोरेसनले गरिरहेको बताउनु भयो । नेपाल सरकार आफैँले विक्री वितरण गर्ने काम सरकारले साल्ट टेडिङलाई जिम्मेवारी दिएको र उसले प्रभावकारी रुपमा काम गरिरहेको अधिकारकर्मी महर्जनले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘जुन व्यवस्था २०२० सालदेखि २०४९ सालसम्म हुँदै आएको व्यवस्था त्यो ठिक छ । त्यो उत्कृष्ट छ । राम्रो छ । नेपाल सरकार आफैँले वितरण प्रणाली लागू गर्ने र त्यसका लागि सार्वजनिक संस्थानका रुपमा रहेको साल्ट टे«डिङलाई जिम्मेवारी दिने भनेर जिम्मेवारी दिएको हो । अहिले हाम्रो बजारमा के शब्द प्रयोग भइरहेको छ भने साल्ट ट्रेडिङलाई एकाधिकार दिइयो भन्नेछ । त्यो होइन ।’

सांसद रमा कोईराला, पौड्यालले नुनको विक्री वितरणको जिम्मा निजी क्षेत्रलाई छोड्नु नहुनेमा जोड दिनुभयो । उहाँले राजपत्रमा प्रकाशित सूचनाअनुसार मन्त्री त्यसलाई कार्यान्वयन गर्न लागेको हो की ? भन्ने शंका आफूलाई लागेको बताउनु भयो ।