११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव

लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव
अ अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गर्नुभयो । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो । देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले  यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताउनु भयो । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताउनु भयो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताउनु भयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु यो संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम हो । यसमा सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी छ । देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले  यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि हुन्छ । नेपाल स्काउटका सदस्यहरुले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रणी भुमिका निर्वाह गरेकै छ । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि यो संस्था सक्रिय हुनु अर्को सकारात्मक पक्ष हो । दुव्र्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष हो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको छ ।’

उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्वपूर्ण लक्ष्य हुनुपर्ने बताउनु भयो । युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१—०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रुपमा परिचालित भएको खुशीको कुरा भएको बताउनु भयो । नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।