काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरु र कानुन मन्त्रीसँग छलफल गरेका छन् ।
नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संसद् अवरोध हटाउने विषयमा अहिले छलफल भईरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै सदन अवरोध गरिरहेका छन् । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले दुई बुँदे सहमतिपछि सदनको कारबाही सुरु गरेपनि राप्रपा र रास्वपाले आफ्नो अडान छाडेका छैनन् । जसका कारण विरोध र नाराबाजीकाबीच संसद् बैठक अगाडि बढिरहेको छ ।
संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् ।










