११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस्

नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस्
अ अ+ अ-

काठमाडौँ । महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको बताउनुभएको छ ।

नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताउनुभएको हो ।

उहाँले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पार्नुभयो । सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उहाँले दाबी गर्नुभयो । अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महानगर यातायातकै नाम, रङ्ग र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि एकै रुटमा चलिरहँदा हामी सञ्चालकमात्र नभएर यात्रुहरुले समेत समस्या झेलिरहेका छन् । यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही भएको छैन । नियमानुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पु¥याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन । तर, विद्यमान नियम कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनबाटै निर्वाध नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भइरहेका छन् । महानगर यातायातप्रति यात्रुहरुको अपार माया र विश्वा छ, त्यसैले यात्रुहरु कुरेरै भएपनि राता बस चढ्ने गर्छन् तर उही रंग र नामका बसले उनीहरुलाई झुक्याउने गरेको र यात्रुहरुले बसमा छुटाएका महत्वपूर्ण कागजात, झोलालगायत सामान महानगर यातायातको सम्पर्कमा आउँदा यात्रुले यात्रा गरेको बस नक्कली महानगर भएको जानकारी हुने र सामानसमेत फेला नपर्ने अवस्था दिनदिनै बढ्दो छ ।’

‘अर्को कुरा नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरु प्रहरी र यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने गरेपनि अधिकांश केसमा दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकिरहेको अवस्था छ भने महानगर यातायातले अनावश्यक झण्झट व्यहोर्नुपरिरहेको छ । यसो हुँदा कैयौं पटक केही बसहरुको नियमित सेवा समेत रोकिने र यात्रुले पाएको दुःखसँगै कम्पनीलाई हुने आर्थिक नोक्सानीको कुनै लेखाजोखा नै नहुने अवस्था छ । राजधानी काठमाडौैंमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आफ्नो आइपीओ जारी गर्ने तयारी गरिरहेको महानगर यातायातले झेल्नुपरिरहेको समस्या हामीहरुमात्रैको नभई लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय हो । हालसम्म त्यस्ता नक्कली महानगर यातायात तथा मिल्दोजुल्दो  नाम हुबहु रंग र डिजाइन राखी सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरुप्रति नरम रुपमा प्रश्तुत हुँदै आएको भएपनि अब उप्रान्त यस कम्पनीको नाम र रंगको डिजाइन आफ्ना सवारी साधनबाट नहटाइएमा क्षतिपूर्तिको मागसहित जस्तोसुकै कानुनी कारबाही गर्न पनि नपर्नेसमेत जानकारी गराउन चाहन्छु ।’ 

उहाँले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।