३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं। स्कटल्यान्डमा सुरु भएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्।

यो नेपालका लागि टी–२० अन्तर्राष्ट्रियको १००औँ खेल हो। शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालका दुई मुख्य अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा घाइते हुँदा टोलीबाहिर छन्।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।