२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट च्याम्पियनसिप फाइनलः अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भिडन्त



अ+ अ-

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी)को २०२३–२५ चक्रको फाइनल खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । खेल लन्डनको लर्ड्स क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुबै टोलीले डब्लुटीसी २०२३–२५ चक्रको अंक तालिकामा शीर्ष–२ मा स्थान बनाए । दुबै टोली २ वर्षपछि पहिलो पटक टेस्टमा एकअर्कासँग आमनेसामने हुनेछन् । यसअघि २०२२–२३ डब्लुटीसी सिजनमा उनीहरू आमनेसामने भएका थिए ।

अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो । अर्कोतर्फ, दक्षिण अफ्रिका डब्लुटीसी फाइनल जित्ने तेस्रो टोली बन्न चाहन्छ। भारत पहिलो दुई फाइनलमा उपविजेता बनेको थियो । २०२१ मा न्युजिल्याण्ड र २०२३ मा अस्ट्रेलिया च्याम्पियन बन्यो ।

हेड टु हेडः
अस्ट्रेलिया र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच १९०२ मा खेलिएको थियो । अहिलेसम्म १२३ वर्षमा दुई टोलीबीच १०१ टेस्ट खेलिएको छ । यी म्याचहरूमध्ये अस्ट्रेलियाले ५४ जितेको छ भने दक्षिण अफ्रिकाले २६ खेल जितेको छ । २१ टेस्ट बराबरीमा सकिएको छ ।

टोलीका लागि सर्वाधिक विकेट लिनेमा कमिन्स
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले २०२३–२५ को विश्वकप चक्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए । कमिन्स यस अवधिमा टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

साथै, उनी २०२३–२५ चक्रमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराह ७७ विकेटका साथ पहिलो स्थानमा छन् । कमिन्सले ७३ विकेट लिएका छन् । यस अवधिमा टोलीका लागि ओपनर उस्मान ख्वाजाले सबैभन्दा धेरै रन (१४२२) बनाएका छन् ।

दक्षिण अफ्रिकाबाट सर्वाधिक रन बनाउनेमा बेडिङघम
डेभिड बेडिङघम डब्लुटीसी २०२३–२५ चक्रमा दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै रन बनाएका छन् । उनले यस अवधिमा १२ खेलमा ६४५ रन बनाएका छन् । कप्तान टेम्बा बाभुमा दोस्रो नम्बरमा छन् । टोलीका स्टार फास्ट बलर कागिसो रबाडा शीर्ष बलर हुन् । उनले ४७ विकेट लिएका छन् ।

दुवै टोलीको प्लेइङ–११

अस्ट्रेलियाः प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, क्यामरुन ग्रिन, स्टिभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी (विकेटकिपर), ब्यू वेबस्टर, मिचेल स्टार्क, जोश हेजलवुड र नाथन लियोन ।

दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), एडेन मार्कराम, रायन रिकेल्टन, वाइआन मुल्डर, ट्रिस्टन स्टब्स, काइल भेरियन (विकेटकिपर), डेभिड बेडिङहम, मार्को यानसेन, केशव महाराज, कागिसो रबाडा, लुंगी एनगिडी ।




भर्खरै