९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन



अ+ अ-

प्रतिनीधिसभा सदस्य एंव तत्कालिन संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । शहिद गंगालाल ह्दयरोग केन्द्रमा उनको उपचारका क्रममा निधन भएको हो । अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।

मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् । अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको छ ।