३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार



अ+ अ-

काठमाडौं । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको रु दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार हितानलाई प्रदान गर्नुभयो । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकामा कृतिकार हितानलाई बधाइ दिनुभयो ।

नेपाली सेनाका पूर्वजर्नेल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जाकारी दिनुभयो ।  विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको बताउनुभयो । समारोहका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभालाई समेट्दै प्रोत्साहन गर्न यस्ता पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिनुभयो ।

कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गर्नुभयो । पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरण मिलेको जानकारी दिनुभयो । रासस