३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको इंग्लिस प्रिमियर लिगमा शीर्ष चार कायमै



अ+ अ-

लन्डन । शनिबारको अन्तिम लिग खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष चारको स्थान हात पार्न सफल भएको छ । 
त्यसमा ओलिभर जिरोर्ड, विलियन र रोस बार्कलीले गोल गरे । हारसँगै वाटफोर्ड थप दबाबमा परेको छ । वाटफोर्ड रेलिगेसन क्षेत्रबाट केवल एक अंक मात्र अगाडि छ । यसअघि म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ५–२ ले हराएर केही समयका लागि शीर्ष चार प्रवेश गरेको थियो ।

आफ्नो अघिल्लो खेलमा वेस्ट ह्यामविरुद्धको खेल गुमाएपछि चेल्सी वाटफोर्डविरुद्ध निश्चित जित निकाल्न दबाबमा थियो । शनिबारको अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले हरायो । हारले उल्भ्सको युरोपमा खेल्ने सपनामा धक्का पुगेको छ ।

आर्सनलले १८ वर्षीय बुकायो साकाको पहिलो प्रिमियर लिग गोलमा अग्रता लिएको थियो । त्यसपछि एलेक्जान्डर लाकाजेटले दोस्रो गोल थपे ।