१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नको हातमा जर्मन कप



अ+ अ-

बर्लिन । शनिबार भएको खेलमा बायर्न म्युनिखले बायार लेवरकुसनलाई ४–२ ले हराउँदै जर्मन कप जितेका छ । बायर्नले यससँगै कप र लिग दुवै जितेको उपलब्धि पनि हासिल गरेको छ । रोबर्टो लेवनडोस्कीले यो सिजनको ५० औं व्यक्तिगत गोल पूरा गरेको छ । 

बायर्नले डेविड अल्बाको गोलले अग्रता लिएयता सर्गी जेनब्राले दोस्रो गोल थपे । त्यसयता लेवनडोस्कीले दुई गोल गरे । लेवरकुसनका तर्फबाट स्भेन बेन्ड र केइ हाभरटेजले गोल गरे । यसअघि बायर्नले लगातार आठौं पल्ट जर्मन बुन्डेसलिगा जितिसकेको छ ।

जर्मनीमा फेरि फुटबल सुरु भएइता बायर्नले आफूले खेलेका सबै ११ खेल जितेको छ । बायर्नको अब युरोपेली च्याम्पियन्स लिगमा चुनौती बाँकी छ । बायर्नले जर्मन कप जितेको यो २० औं पल्ट हो । बर्लिनको दर्शनविहीन ओलम्पिक्स रंगशालामा सुरुदेखि बायर्न बलियो देखिएको थियो र त्यो अन्त्यसम्म कायम रहेको थियो ।