२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलोन मस्कले छोडे डोनाल्ड ट्रम्पको साथ



अ+ अ-

एजेन्सी । टेस्लाका मालिक तथा अमेरिकी अर्बपति एलोन मस्कले ट्रम्प प्रशासन छोडेका छन् ।

उनले नेपाली समय अनुसार बिहीबार बिहान ५ः४५ बजे सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएका हुन् ।

मस्कले भने कि विशेष सरकारी कर्मचारीको रूपमा आफ्नो समय सकियो । उनले यो जिम्मेवारीको लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद पनि दिए ।

ट्रम्पले मस्कलाई सरकार दक्षता विभाग (डिओजीइ) को जिम्मेवारी दिएका थिए । जसको काम सरकारको फजुल खर्च घटाउनु थियो ।

जानकारी अनुसार, राष्ट्रपति बनेपछि, ट्रम्पले मस्कलाई मे ३०, २०२५ सम्म मात्र डिओजीइ प्रमुखको रूपमा नियुक्त गरेका थिए । यसको अर्थ मस्कको कार्यकाल उनले राजीनामा दिएको एक दिन पछि समाप्त हुँदै थियो ।

मस्कको राजीनामाको सही कारण खुलाइएको छैन, तर उनी ट्रम्पले बिग ब्युटिफुल भनेर वर्णन गरेको विधेयकको विरोध गरिरहेका थिए । मस्कले भनेका थिए कि डिओजीइको उद्देश्य खर्च घटाउनु हो र यो विधेयक त्यसको विरुद्धमा छ ।

मस्कले आफूलाई राजनीतिबाट टाढा राख्ने बुझिएको छ । केही मिडिया रिपोर्टहरूका अनुसार, मस्क अब सरकारी भूमिका छोडेर फेरि टेस्ला र स्पेसएक्स जस्ता आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न लागेका छन् ।