१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् प्रेस चौतारीका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसे



अ+ अ-

काठमाडौँ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ ।

उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।

उनी गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत थिए । चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।

नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा परिचित रहेका चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए ।