९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र
अ अ+ अ-

काठमाडौँ। घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास दिने थलो, हाँसो खुसीसँगै खिलखिलाउँदो परिवार । अपनत्व अनि नचाहिँदो अनुशासनभन्दा पर शान्त संसार, शान्तिको संसार ।

अब भाडामा बस्दाखेरीको अवस्था सोचौँः किचकिचे घरबेटी भए ? कडा नियम भए ? त्यहाँ बिस्तारै हराउँदै जाने व्यक्तिगत स्वतन्त्रता । भित्ताहरू पनि भाग लगाएर बस्नुपर्ने अवस्था । त्यो घर, घर जस्तो कहाँ रहला ?

निर्देशक तथा लेखक बुद्धिसागरले प्रस्तुत गरेको नयाँ नेपाली चलचित्र ‘के घर के डेराः घर नम्बर २’ ले यिनै दुई विरोधाभासपूर्ण अनुभूतिबिचको द्वन्द्वमा हामीलाई डुबाउँछ ।

बुद्धिसागरको ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’ र ‘उसले दिएको उमेर’ जस्ता उपन्यासले नेपाली साहित्यमा अमिट छाप छोडिसकेको छ । उनै बुद्धिसागर अब पर्दामा आउँदा पनि उस्तै गहिरो कथा लिएर आएका छन् ।

यो फिल्म नाकाबन्दी र कोरोना महामारीपछिको नेपाली समाजलाई आधार बनाएर निर्माण गरिएको छ । जहाँ केवल देश मात्र होइन, मानिसको आन्तरिक संसार पनि फेरिँदै छ । पुनःनिर्माण, पुनःसम्बन्ध, अनि आफ्नोपनको अभाव पुर्न परिभाषा खोजिरहेको छ ।

‘रौनक निवास’ चलचित्रको मूल थलो । घरबेटी र डेरावालको साझा छानो । जहाँ बस्नेहरूको मन त्यही छानामुनि भए पनि दिशा र दृष्टिकोण फरक फरक छन् । यहाँ पुस्तागत टकराब छ । सपना र यथार्थको द्वन्द्व छ । अनि विगतको पीडा र भविष्यको अनिश्चितता पनि ।

त्यही घरमा आइपुग्छन् राजाराम — बहुप्रतिभाशाली अभिनेता खगेन्द्र लामिछाने । उनी नायक होइनन्, न उद्धारकर्ता नै । तर उसले सहजै सबैको सुनिदिन्छ, बुझिदिन्छ र सहजै अरूको जीवनमा उज्यालो फिँजाइदिन्छ । उनी त्यो घरको मान्छे होइनन् । तर भत्किएका सम्बन्धहरूको मौन औषधी हुन् जसको उपस्थितिले चर्केको घर विना दाग टालिदिन्छ ।

‘रौनक’ अर्थात् उज्यालो भन्ने अर्थ बोकेको घर वास्तवमा त्यस्तै एउटा  पात्रको प्रतीक्षामा थियो जसले भित्रैबाट उज्यालो ल्याउन सक्थ्यो । घरलाई घर बनाउन सजिलो छैन भन्ने कुरा फिल्मले निकै सजिलो तर सशक्त ढङ्गले देखाउँछ । बैंकको ऋण, दैनिक द्वन्द्व, वृद्ध बुवा आमाको बेवास्ता, अनि मौन पीडाहरू घरलाई घर हुन नदिने तत्वहरू । जब हामी आफ्नोपन गुमाउँदै जान्छौँ । हामी भाडामा त बस्छौँ, तर भित्री रूपमा निर्वासित हुन्छौँ ।

आर्यन सिग्देल, नेपाली सिनेमा जगतमा एक समय ‘प्रेमी पात्र’को पर्याय बनेका चकलेटी अभिनेता । यो चलचित्रमा रौनकको रूपमा पूर्णतः परिपक्व बनेर उभिएका छन् । प्रेमिल मुस्कानभित्र लुकेको जिम्मेवारी, अभावबीच बाँच्ने चाहना, अनि दायित्वको गह्रौँ बोझ, यी सबै आयामहरू उनले अभिनयमा अद्भुत रूपमा प्रस्तुत गरेका छन् ।

यो चलचित्रसँगै आर्यनले नेपाली सिनेमामा आफ्नो दोस्रो चरणको सुरुवातको सङ्केत दिएका छन् । लाग्छ उनी अझ गहिरो, आत्मपरक र दर्शकसँग भावनात्मक रूपमा जोडिने किसिमको पात्रका रूपमा आफूलाई स्थापित गर्दै छन् ।

‘के घर के डेराः घर नम्बर २’ केवल एउटा चलचित्र मात्र नभई समसामयिक नेपाली सहरको चित्र हो । जहाँ घरहरू केबल इँटाले बनेका हुन्छन् । आत्मीय जोड बिना । जहाँ मान्छेहरू सँगै बाँच्छन्, तर मन अलगअलग हुन्छ ।

 बुद्धिसागरको कथा र संवादमा अभिनेताहरूको जीवन्त अभिनय, र पलपलमा महसुस हुने दार्शनिक गहिराइ, सबैले यो चलचित्रलाई आफ्नै अनुभूति बनाइदिन्छ । ‘फिल्म भन्दा बढी अनुभूति’ ।

चलचित्रले कुनै निश्चित उत्तर दिन खाज्दैन । बरु, प्रश्न खडा गरिदिन्छ, ‘तपाईंको घर साँच्चिकै घर हो त ?’ किनभने सायद, हामी सबै हाम्रो आफ्नै ‘रौनक निवास’ खोज्दै छौँ । एउटा यस्तो ठाउँ, जसको भित्तोमा नाम मात्रैले उज्यालो अर्थ होइन भित्र मुटुमा पनि अखण्ड दीप बालिरहोस् ।