११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका तीन सांसदको पीएसओलाई सरकारले फिर्ता बोलायो



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता बोलाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र सांसदद्वय ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग शाहीले भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्‍यो भने खति हुन्छ ।’

पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले सरकारलाई नै सोध्न आग्रह गरे ।

सरकारले राप्रपाका प्रमुख सचेतक रहेका शाही, पूर्वाधार विकास समितिका सिंह र पूर्वआइजीपी प्रधानलाई पीएसओ उपलब्ध गराउँदै आएको थियो ।