७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका तीन सांसदको पीएसओलाई सरकारले फिर्ता बोलायो



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता बोलाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र सांसदद्वय ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

शाहीले सरकारले आफूहरूको पीएसओ फिर्ता गरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग शाहीले भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति गर्‍यो भने खति हुन्छ ।’

पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले सरकारलाई नै सोध्न आग्रह गरे ।

सरकारले राप्रपाका प्रमुख सचेतक रहेका शाही, पूर्वाधार विकास समितिका सिंह र पूर्वआइजीपी प्रधानलाई पीएसओ उपलब्ध गराउँदै आएको थियो ।