९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्सी चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौं । ट्याक्सी सेवा सञ्चालन गर्न संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।

सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने समिति सभापति कल्याणीकुमारी खड्काले बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो ।

ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने माग गरेका छन् ।