९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम अनुमान: भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्ने



अ+ अ-

काठमाडौं । भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’

उसका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।