२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले आज उच्चस्तरीय वार्ता गर्ने



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज उच्चस्तरीय वार्ता गर्नुहुने भएको छ । १० दिने भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारी आइतबार बेइजिङ पुग्नुभएको हो ।

काठमाडौंबाट ग्वान्झाओ हुँदै जानुभएकी भण्डारी र उहाँको भ्रमण दललाई चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारका अधिकारी एवं चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्वराष्ट्रपति र विदेशी प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्नुभएको थियो । उहाँसहित चिनियाँ उपराष्ट्रपति हान झेङसँग भण्डारीको आज भेटवार्ता हुनेछ ।

भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवासगृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकार प्रमुखसरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा उहाँ सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने भ्रमण–तालिका तय भएको छ ।