११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेता बालुवाटारमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी हुनुहुन्थ्यो ।

भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको अवस्थामा दुई दलका शीर्ष नेताहरुमा गृहमन्त्री लेखकसहितको छलफललाई चासोको रुपमा हेरिएको छ ।