काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी हुनुहुन्थ्यो ।
भिजिट भिसामा जानेबाट शुल्क असुल्ने गरेको भनेर त्रिभुवन विमानस्थलको अध्यागमनका अधिकारीमाथि छानबिन भइरहेको र गृहमन्त्री लेखकको पनि संलग्नता रहेको भन्दै राजीनामा माग भइरहेको अवस्थामा दुई दलका शीर्ष नेताहरुमा गृहमन्त्री लेखकसहितको छलफललाई चासोको रुपमा हेरिएको छ ।










