९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक करोड २० लाख नाघेको छ । अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । 

सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ र मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म एक लाख ३२ हजार २९९ जनाको मृत्यु भइसकेको छ ।  बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भइसकेका छन् ।