९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख बाह्रबीसेमा



अ+ अ-

काठमाडाैंः सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिराे प्रभावित क्षेत्र बाह्रबिसे पुग्नुभएको छ । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जानुहुने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गर्नुभएको छ । उहाँसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गर्नुभएको छ ।

आजै विहान मात्रै  सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण काठमाडौं फर्किएको थियो ।