९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोगले सदस्य अन्सारीलाई सचेत गरायो , भ्रमपूर्ण अभिव्यक्तिप्रति खेद व्यक्त



अ+ अ-

काठमाडाैंः राष्ट्रिय मानव अधिकार आयोगले  आयोगका सदस्य मोहना अन्सारीलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको  छ । आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गर्नुभएकाे  विज्ञप्तिमा २०७७ असार २३ गते ट्वीटरमा अन्सारीले समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्नाे विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरूप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । 

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित् छानविन प्रतिवेदन” भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार समेत गरेको छ ।

आयोगबाट यही असार १५ गते बाट   सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराउदा गराउदै पनि  यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक भएको भन्दै यसमा कोहीपनि भ्रममा नपर्न जानकारी गराएको छ ।