९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका सीईओ क्षेत्रीले दिए राजिनामा



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । 
उनले केहि साता पहिले नै पदबाट राजिनामा दिएका तर पेन्डिङमा रहेको राजिनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बैंक बोर्ड श्रोतले जानकारी दिएको हो। क्षेत्रीले दिएको राजिनामा पनि बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

‘सीईओ सापले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउदै केहि समय अगाडि नै राजिनामा दिनु भएको थियो, तर राजिनामाका विषयमा निर्णय भइसकेको थिएन’ उनले भने, ‘वहाँको राजिनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’

तत्कालिन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भएर ग्लोबल आइएमई बनेपछि क्षत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैंकको सीईओ बनेका थिए ।

उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।