९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली – प्रचण्डबीच बालुवाटारमा छलफल जारी



अ+ अ-

काठमाडौंः नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न ५ बजेदेखि पार्टीभित्रको गतिरोध अन्त्यको उपाय पत्ता लगाउने बारे छलफल जारी रहेको छ ।

शुक्रबार पार्टीको स्थायी समितिको बैठक डाकिएकाले पनि आजको बैठक महत्वपूर्ण रहेको छ । उहाँहरु दुबैलाई पार्टीभित्रको गतिरोध अन्त्यका लागि ठोस योजना अघि सार्न चौतर्फी दबाब छ ।
खासगरी नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सरकार र पार्टीको नेतृत्वका विषयमा मतान्तर जारी छ ।

यसअघि नै प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न आग्रह गर्नु भएको भनाई सार्वजनिक भइसकेको छ, तर प्रचण्डको उक्त आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिसक्नु भएको छ ।

बरु प्रधानमन्त्रीका पक्षमा देशका विभिन्न स्थानमा समर्थन जुलुस निस्कन थालेका छन् । यी जुलुसमा सहभागीहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेहरुमाथि भारतीय दलाल भन्दै नाराबाजी गरेका छन् ।

पार्टीका वरिष्ट नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा समर्थन गर्नु भएपछि पछिल्ला तीन दिनदेखि प्रचण्ड र ओलीबीच प्रत्यक्ष संवाद जारी छ । तर निष्कर्ष निस्कन सकेको छैन ।