९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु



अ+ अ-

पोखरा । लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार राति परेको अबिरल बर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तिन जनाको मृत्यु भएको हो । 

जिल्लाको बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०/३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५/२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८/९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । 

थापाका अनुसार  बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर संगै फेला परेको र अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरुको उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।

प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकोमा गएका थिए । दीपकसंगै काम गर्ने ३ जना घरमै रहेपनि पहिरो आउने वित्तिकै थाहा पाएपछि उनीहरुले भागेर बाच्न सफल भएका छन् । पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका ७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर १० पांगे्रक्युका २३ बर्षीय अनिल गुरुङ, ३३ बर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।