२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको सुमात्रामा भूकम्प, १०० भन्दा बढी घर ध्वस्त



अ+ अ-

एजेन्सी । शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन ।

युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान ०२ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको थियो ।

देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताएको छ । एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ ।

भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु सहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले शुक्रबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

“बेङ्कुलु सहरमा भूकम्पबाट एक सय ४० घर प्रभावित भए । तीमध्ये आठ ध्वस्त भए, अर्थात् तिनीहरूको मर्मत गर्न सकिँदैन”, अब्दुलले भन्नुभयो ।

सेन्ट्रल बेङ्कुलु जिल्लामा भूकम्पका कारण दुईवटा घरमा हल्का क्षति पुगेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहानसम्म भूकम्पबाट कुनै हताहतको खबर छैन ।

विशाल द्वीपसमूह इन्डोनेसियाले प्रशान्त ‘रिङ अफ फायर’ मा यसको स्थितिका कारण बारम्बार भूकम्पको अनुभव गर्दछ । जापानबाट दक्षिणपूर्व एशिया र प्रशान्त बेसिनमा फैलिएको रिङ अफ फायरमा टेक्टोनिक प्लेटहरू घर्षण हुँदा तीव्र भूकम्पीय गतिविधि हुन्छ ।

सन् २०२१ जनवरीमा सुलावेसीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले एक सयभन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।

सन् २०१८ मा सुलावेसीको पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान गएको थियो ।

सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो ।