४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार आयोग पुगेर राप्रपाले गरायो ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १५ गते हुने आन्दोलन पूर्णरूपले शान्तिपूर्ण हुने बताएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलि शुक्रबार मानवअधिकार आयोग पुगेको छ ।

आयोगमा पुगेर ध्यानाकर्षण गराउँदै राप्रपाले आन्दोलन शान्तिपूर्ण हुने तर सरकारको तर्फबाट हुन सक्ने दमन र हिंसाको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएको हो ।

‘आज हामी मानवअधिकार आयोग गयौँ र जेष्ठ १५ गते हुने आन्दोलन हाम्रो तर्फबाट पूर्णरूपले शान्तिपूर्ण हुने तर सरकारको तर्फबाट हुन सक्ने दमन र हिंसाको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका छौँ ।’ अध्यक्ष लिङ्देनले भने ।

अध्यक्ष लिङ्देनले मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका थिए ।