२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलिभियाका राष्ट्रपति कोरोना संक्रमित



अ+ अ-

बोलिभियाकी अन्तरिम राष्ट्र्पति जिनिन अन्जको कोरोना टेस्ट रिपोर्ट पोजिटिव आएको छ । उनले शुक्रबार आफैले यसको जानकारी दिएकी हुन् ।

राष्ट्र्पति जिनिनले आफुले कोरोना भाइरस परीक्षण गराएको र त्यसको रिपोर्ट पोजिटिव आएको बताइन् । आइसोलेसनमा बसेर आफ्नो काम जारी राख्ने उनले बताएकी छिन् ।

यसअघि ब्राजिलका राष्ट्र्पति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

बोलिवियामा अहिलेसम्म ४३ हजार भन्दा धेरै कोविड १९ संक्रमित देखिसकेका छन् । यो दक्षिण अमेरिकी देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।